तीन जना कार्यालय सहयाेगीकाे भरमा जलेश्वरकाे तटबन्ध कार्यालय

 भदौ १७, २०७८ बिहीबार १४:४१:४१ | रासस
unn.prixa.net

महाेत्तरी – महोत्तरीको जलेश्वरमा रहेकाे जनताको तटबन्ध फिल्ड कार्यालय–२ कर्मचारीविहीन बनेको छ । 

कर्मचारीको अभावमा कार्यालयको काम कारबाही प्रभावित भएको छ । कार्यालयमा प्रमुख, तीन इन्जिनियर, तीन सब इन्जिनियर, एक लेखापाल र चार जना कार्यालय सहयोगी कार्यरत छन् । गएकाे असारपछि कार्यालय प्रमुख र अन्य कर्मचारी आएका छैनन् । 

कार्यालय प्रमुख राजेन्द्रप्रसाद देव प्रायः काठमाण्डाैमै बस्नुहुन्छ भने उहाँको अनुपस्थितिमा अनिवार्य रूपमा कार्यालयमा हुनुपर्ने सूचना अधिकारी इन्जिनियर सुशील चौधरी पनि गएकाे असारपछि आफ्नो घर जनकपुरमै बसिरहनुभएको बताइएको छ । 

यस कार्यालय अहिले तीन जना कार्यालय सहयोगीको भरमा सञ्चालन छ । महाेत्तरीमा बाढी आएपछि यस कार्यालयमा कार्यरत कर्मचारीको खोजी सुरु भएको छ । गएकाे १० दिनमा महोत्तरीकाे रातो नदीमा ठूलो बाढी आएर यस कार्यालयले निर्माण गरेको तटबन्ध भत्काएर बलवा नगरपालिका ४ को तिलगढ, रौजा र वडा नं ११ अधियानपुर गाउँका एक हजार बढी घर डुबानमा परेर लाखौँको क्षति भएको छ भने सयौँ बिघा धानखेती नष्ट भएको छ ।   

अख्तियारप्राप्त कर्मचारी नहुँदा सेवाग्राहीको काम गर्न समस्या भएको त्यहाँ कार्यरत कार्यालय सहयोगीको भनाइ छ । महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले कार्यालयमा कर्मचारी उपस्थित नहुनु गलत भएको बताउँदै आफूले कार्यालय निरीक्षण गर्ने र यस सम्बन्धमा कार्यालय प्रमुखसँग पनि जानकारी लिने बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया