अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
भक्तपुर – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापति दुर्लभ थापालाई चुनावमा हराएर देखाउन नेकपा एमालेका नेता महेश बस्नेतलाई चुनाैती दिनुभएकाे छ ।
यसअघि एमाले नेता बस्नेतले प्रधानमन्त्री देउवालाई भक्तपुरबाट चुनाव लडेर देखाउन चुनाैती देखाउनुभएकाे थियाे । त्यसकै जवाफमा आज भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जेमा आयोजित वडा अधिवेशनको शुक्रवार उद्घाटन गर्दै देउवाले जिल्ला सभापति दुलर्भ थापालाई चुनावमा हराएर देखाउन नेता बस्नेतलाई चुनौती दिनुभएकाे हाे ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले आउँदाे चुनावमा कांग्रेसको उपस्थिति बलियो रहने बताउँदै भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको बताउनुभयो । त्यस अवसरमा उहाँले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने बताउनुभयो ।
कांग्रेस सभापति देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न पनि आह्वान गर्नुभएको छ ।
उहाँले अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर पार्टीमा एकताको सन्देश दिन आग्रह गर्दै महाधिवेशन पार्टीलाई एकताबद्ध बनाएर लैजाने र आउँदाे कार्यकालका लागि कार्यनीति र नेतृत्व चयन गर्ने थलो हो भन्नुभयो ।
उहाँले कांग्रेसको वैधानिकता जोगाउनका लागि कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच महाधिवेशन गर्नुपरेको उल्लेख गर्दै महाधिवेशनलाई सफल बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अधिवेशनमा सहभागी हुन सबैमा आह्वान गर्नुभयो ।
कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले कांग्रेसको महाधिवेशन वडास्तरबाट सुरु भइसकेको बताउँदै यसलाई सफल पार्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, 'कांग्रेस देशको जेठो र लोकतान्त्रिक पार्टी हो । कांग्रेसको महाधिवेशनको सफलताले देशकाे लोकतन्त्रको भविष्य पनि जोडिएको छ ।'
कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले गुण्डागर्दीबाट चुनाव जित्ने सपना नदेख्न भन्दै भक्तपुरमा अब कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गर्नुभयो । उहाँले अबको पालिकादेखि सङ्घीय चुनावसम्ममा कांग्रेस विजय सुनिश्चित रहेको बताउनुभयो ।
कार्यक्रम कांग्रेसका वडा सभापति राजु ढुङ्गेलको सभापतित्वमा सम्पन्न भएको थियो । भक्तपुरको चार वटै नगरपालिकाका ३८ वटा वडामा वडा अधिवेशन सुरु भएको बताउँदै थापाले जिल्लाका झन्डै ५० प्रतिशत वडामा नेतृत्व चयनमा सर्वसहमति गरिसकेको र बाँकीमा पनि प्रयास भइरहेको बताउनुभयो ।
भक्तपुर जिल्लामा कांग्रेसका १० हजार दुई सय ८६ क्रियाशील सदस्य छन । तीमध्ये निर्वाचन क्षेत्र – १ मा तीन हजार सात सय ८२ र क्षेत्र – २ मा ६ हजार पाँच सय चार जना छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।