तालिबानलाई सहयोगकाे लागि युरोपेली युनियनका पाँच शर्त

 भदौ १९, २०७८ शनिबार १८:३०:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि पाँच ओटा शर्त अघि सारेका छन् । स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठकले सहयोगका लागि शर्त अघि सारेको  युनियनको विदेश नीति प्रमुख जोसेफ बरेलले बताउनुभएको छ ।

सहयोग पाउनका लागि तालिबानले अफगानिस्तानमा आतङ्ककारीलाई आश्रय दिन नहुने, मानवअधिकारको सम्मान र रक्षा गर्नुपर्ने, महिला अधिकार, प्रेस स्वतन्त्रता हुनुपर्ने र कानुनी शासनको प्रत्याभूति हुनुपर्ने युरोपियन युनियनका शर्त छन् ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया