तालिबानद्वारा अफगानिस्तानमा सरकार घोषणा, नेता अखुन्दले नेतृत्व सम्हाल्ने

 भदौ २३, २०७८ बुधबार ६:४३:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – तालिबान समूहले अफगानिस्तानमा सरकार घोषणा गरेको छ । काबुल नियन्त्रण गरेको झण्डै तीन हप्तापछि तालिबानले सरकार घोषणा गरेको हो ।

अन्तरिम सरकारको नेतृत्व नेता मुल्लाह मोहम्मद हसन अखुन्दले गर्नुहुनेछ । त्यस्तै उप-प्रधानमन्त्री अब्दुल गनी बरादर रहने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएको बीबीसीले जनाएको छ । बरादर विगतमा अमेरिकासँग दोहामा भएको शान्ति वार्तामा सहभागी हुनुहुन्थ्याे ।

निमित्त आन्तरिक मामिलामन्त्री सराजुद्दिन हक्कानी, निमित्त रक्षामन्त्री मुल्लाह याकूब र निमित्त विदेशमन्त्री आमिर खान हुने र अरु बाँकी मन्त्री एक/दुई दिनमा चयन गर्ने तयारी भैरहेको तालिबान समूहले जनाएको छ । मन्त्रिपरिषद् गठनलाई तालिबान सरकार स्थापनाको महत्त्वपूर्ण कदमका रुपमा हेरिएको छ । साथै तालिबान सरकारको मुख्य प्राथमिकता देशको अर्थतन्त्रलाई स्थिर बनाउने, अन्तर्राष्ट्रिय मान्यता खोज्ने र बढ्दो मानवीय सङ्कटलाई सम्बोधन गर्नुपर्ने हुनेछ ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया