हेंवा खोलाले बगाउँदा ४ वर्षीया बालिका बेपत्ता

 भदौ २३, २०७८ बुधबार ९:५३:५४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर– पाँचथरमा खोलाले बगाउँदा चार वर्षीया बालिका बेपत्ता भएकी छिन् । जिल्लाको हिलिहाङ गाँउपालिका–७ सल्लेरीका गजेन्द्र लिम्बूकी ४ वर्षीया छोरी आँचल लिम्बूलाई खोलाले बगाएको पाँचथर प्रहरीले जनाएको छ ।

साथीहरुसँग खेल्न हेंवा खोला गएकी उनलाई सोमबार साँझ नै खोलाले बगाएको हो । खोलाले बगाँउदा बेपत्ता उनको खोजीका लागि प्रहरी नायव उपरीक्षक दानबहादुर थापाको कमाण्डमा गएका प्रहरीसँगै स्थानीयले खोजिकार्य जारी राखे पनि हालसम्म फेला नपरेको बताइएको छ । 

प्रहरीका अनुसार दाइ–दिदी र छिमेकका साथीसँगै खोलामा गएकी बालिका किनारमा खेल्ने क्रममा खोेलाले बगाएको हाे ।
 

अन्तिम अपडेट: चैत २६, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया