इण्डोनेसियाको एउटा जेलमा आगलागी हुँदा ४१ जनाको ज्यान गयाे

 भदौ २३, २०७८ बुधबार ११:२४:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इण्डोनेसियाको एउटा जेलमा आगलागी हुँदा ४१ जनाको ज्यान गएको छ । राजधानी जाकार्ताकाे बाहिरी क्षेत्रमा रहेको एउटा जेलमा आगो लाग्दा ४१ जनाको ज्यान गएको र अरु केही घाइते भएका बीबीसीले जनाएको छ ।

त्यहाँकाे बान्टेन प्रान्तकाे तेङ्गराङ्ग जेलको ब्लक सीमा आगो लागेको त्यहाँको प्रहरीले जनाएको छ । आगो लाग्दा त्यहाँ १ सय २२ जना कैदी थिए । ४० जना क्षमता भएको जेलमा  १ सय २२ जना कैदी राखिएको थियो । उनीहरु लागु औषधको कारोबारमा दोषी पाइए पछि सजाय काटिरहेका थिए । आगलागी हुनुको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया