दुई सय अमेरिकीलाई काबुलबाट बाहिरिन अनुमति

 भदौ २४, २०७८ बिहीबार १९:३२:७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि स्वदेश फर्किन चाहने अमेरिकीसहित विश्वका विभिन्न देशका झन्डै दुई सय जनालाई फिर्ता हुन तालिबानले अनुमति दिएको छ । 

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार अफगानिस्तानमा फसेका अमेरिकीहरूलाई उद्धार गर्न र त्यहाँबाट निकाल्न विदेश मन्त्री एन्टोनी ब्लिङ्केन कतारको दोहामा रहनुभएको छ ।

तालिबानले उनीहरूलाई बाहिर जान दिएपछि अफगानिस्तानबाट कतारको उडानमार्फत उनीहरू कतार जाने काबुल विमानस्थल स्रोतले जानकारी गराएको हो । 

अफगानिस्तानबाट बाहिरिनेमा झन्डै दुई सय जना अमेरिकी रहेको बताइएको छ । अफगानिस्तान तालिबानले नियन्त्रण गरेपछि गएकाे अगस्त ३१ सम्म अमेरिकी सेनासहित उनीहरूलाई सहयोग गर्दै आएका अफगानी नागरिकसमेत शरणार्थीका रूपमा अमेरिका पुगेका छन् । 

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया