अमेरिकाले अफगानिस्तान छाडेसँगै नयाँ संकट सुरु भयो : रुसी राष्ट्रपति पुटिन

 भदौ २५, २०७८ शुक्रबार ९:१२:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – रुसी राष्ट्रपति भलादमिर पुटिनले अफगानिस्तानको वर्तमान अवस्थाको लागि अमेरिका जिम्मेवार भएको बताउनुभएको छ । 

ब्रिक्स शिखर सम्मेलनको १३ औँ अधिवेशनलाई अनलाइन सम्बोधन गर्दै पुटिनले बिहीबार यस विषयमा टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ । 

‘अमेरिका र त्यसका सहयोगी देशका सेना अफगानिस्तानबाट बाहिरिएसँगै त्यसले नयाँ समस्या खडा गरेको छ’, उहाँले भन्नुभयो, ‘र अहिलेसम्म यो प्रष्ट भएको छैन कि, यसको विश्वव्यापी रुपमा के असर पर्ने हो ?’

उहाँले अहिलेको अवस्थाले विश्व सुरक्षामा ठूलो चुनौती उत्पन्न भएको पनि बताउनुभयो । यसले रणनीतिक रुपमा स्थिरता कायम गर्नमा खतरा हुनसक्ने उहाँको भनाइ छ ।

तालिबानको अन्तरिम सरकार बनेपछि पुटिनले दिएको यो अभिव्यक्तिलाई विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले महत्वका साथ लेखेका छन् ।

यस्तै उहाँले रुसले अफगानिस्तानका नागरिक शान्तिपूर्ण तरिकाले बस्न सक्ने वातावरण होस् भन्ने चाहेको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘अफगानिस्तान आफ्ना छिमेकी देशको लागि खतरा नबनोस्, त्यहाँबाट लागुऔषध तस्करी र आतंकवादीको किल्ला नबनोस् ।’

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया