जाे बाइडन र सी जिनपिङबीच सात महिनापछि फोनमा कुराकानी

 भदौ २५, २०७८ शुक्रबार ११:१४:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति जो बाइडन र चीनका राष्ट्रपति सी जिनपिङले सात महिनापछि फोनमा कुराकानी गर्नुभएकाे छ ।

जो बाइडन राष्ट्रपति भएपछि चिनियाँ समकक्षी सी जिनपिङसँग यसरी फोन गरेको यो दोस्रो पटक भएको बीबीसीले जनाएको छ । पछिल्लो समय व्यापार, महामारी र जासुसीको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव सिर्जना भएको छ । यही तनावको बीच दुई देशका राष्ट्रप्रमुखबीचको सम्वादलाई सकारात्मक ढंगले हेरिएको छ ।

अमेरिकाको हितमा हुने गरि विभिन्न क्षेत्रका रणनीतिक विषयमा छलफल भएको ह्वाइटहाउसको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । यस्तै राष्ट्रपति बाइडेनले पनि दुई देशबीचको प्रतिस्पर्धालाई जिम्मेवार ढंगले अगाडि लैजान यो सम्वाद महत्वपूर्ण रहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया