अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ बोल्दे घट्टे खोला क्षेत्रका बस्तीमा जमिन भासिँदा ६६ घर उच्च जोखिममा परेका छन् । जमिन भासिएपछि घट्टे खोला र तेलेसोङ खोलाको बीचमा रहेको घट्टे खाेला क्षेत्रका चार सय ५० परिवार विस्थापित भएका छन् ।
विस्थापित स्थानीयवासी एक हप्तादेखि सुरक्षित ठाउँमा रात कटाउँदै आएको गाउँपालिकाकी उपप्रमुख सिर्जना तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार कात्तिकेमा पनि आठ परिवार विस्थापित भएपछि पाँच टेन्ट उपलब्ध गराइएको छ । विस्थापित बोल्देका परिवार केहीलाई त्रिपाल उपलब्ध गराइएको छ भने कोही आफन्त कहाँ गएर बास बस्ने गरेको बताइएको छ ।
तेलेसोङ खोला ठाउँ–ठाउँमा सुरुङका रूपमा बग्ने गरेकाले जमिन भासिँने र चिरा पर्ने गरेको र त्याे ठाउँमा उद्धारका सामाग्री लैजान जोखिम रहेको उपप्रमुख तामाङले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।