अफगानिस्तानमा तालिबानद्वारा दुई पत्रकारमाथि निर्घात कुटपिट

 भदौ २५, २०७८ शुक्रबार १४:३२:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानमा विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका रिपोर्टर ताकी दरयाबी र फोटो पत्रकार नेमतुल्लाह नकदीलाई तालिबानले निर्घात कुटपिट गरेको बीबीसीले जनाएको छ । 

गएकाे बुधवार काबुलमा महिलाहरूले गरेको प्रदर्शनमा रिपोर्टिङ गरिरहेका उनीहरूलाई तालिबानले पक्राउ गरी प्रहरी थाना लगेर हिरासतमा राखेको र कुटपिट गरी छाडिदिएको खबरमा उल्लेख छ । 

कुटपिटका कारण शरीरमा नीलडाम रहेका उनीहरूको तस्बिर सार्वजनिक भएका छन् । चौकीमा आफूहरूलाई लट्ठी, बिजुलीका तार र कोर्राले हिर्काइएको र केही घण्टापछि कुनै जानकारीविना छाडिदिएको उनीहरूले बताएका बीबीसीले जनाएको छ । 

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सीपेजीका अनुसार पछिल्लो दुई दिनमा तालिबानले १४ जना पत्रकारलाई पक्राउ गरेर छाडेको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया