कृषि तथा पशु बीमाकाे ८० प्रतिशत प्रिमियम सरकारले बेहोर्ने

 भदौ २५, २०७८ शुक्रबार १७:२१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – सरकारले कृषि तथा पशुजन्य व्यवसाय बीमा कार्यक्रममा दिँदै आएको प्रिमियम अनुदान बढाएर ८० प्रतिशत पुर्‍याएकाे छ ।

अर्थ मन्त्री जनार्दन शर्माले संसदमा पेस गर्नुभएको बजेट प्रतिस्थापन विधेयकमा प्रिमियम अनुदान बढाएर ८० प्रतिशत बढाउने घोषणा गर्नुभएको हो ।

यसअघि सरकारले बीमा प्रिमियमको ५० प्रतिशत बेहोर्दै आएको थियो । ५० प्रतिशत किसान तथा व्यवसायीले नै बेहोर्दै आएकोमा अब किसानले २० प्रतिशत मात्रै बेहोर्दा हुने भएको छ । 

सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई परिमार्जन गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको प्रतिस्थापन विधेयक ल्याएको हाे । 

अर्थ मन्त्री शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चर्को विरोध र नाराबाजीकाबीच प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्नुभएको हो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया