सेप्टेम्बर ११ को घटना : अमेरिकामा भएको आतङ्ककारी हमलाको २० वर्ष पूरा

 भदौ २६, २०७८ शनिबार ९:४६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा भएको आतङ्ककारी हमलाको आज २० वर्ष पूरा भएको छ । न्युयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा २० औँ स्मृति दिवस मनाइँदैछ ।

सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीले अमेरिकी विमानहरूलाई नियन्त्रणमा लिएर न्युयोर्कका दुई गगनचुम्बी भवनमा ठोक्काएका थिए । यो दुर्घटनामा झण्डै तीन हजार जनाले ज्यान गुमाएका थिए ।

ज्यान गुमाउनेमा विभिन्न ७७ वटा देशका नागरिक थिए । संयुक्त राज्य अमेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए । अपहरणमा परेका विमान न्युयोर्क र वासिङ्टनका भवनमा ठोक्काइएको थियो ।

आक्रमणको एक महिना नबित्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले आक्रमणमा संलग्न अल कायदालाई उन्मुलन गर्न र ओसामा बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गरेका थिए । पछि सन् २०११ मा छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले लादेनलाई मारेको पुष्टि गरेका थिए ।  झन्डै दुई दशकपछि अमेरिकी सैनिक अफगानिस्तानबाट बाहिरिएका छन् ।  

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया