अर्थमन्त्रीसँग भेटेर एमसीसीको टोलीले भन्यो, 'सम्झौता अनुमोदन गरेर कार्यान्वयनमा लैजानुहोस्'

 भदौ २६, २०७८ शनिबार १६:२४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्मा र मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ ।

अर्थमन्त्रालयमा आज भएको शिष्टाचार भेटमा उपाध्यक्ष सुमारले एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन गराएर कार्यान्वयनमा लैजान आग्रह गर्नुभएको छ । उहाँले एमसीसी नितान्त नेपालको विकास परियोजना सम्झौता भएको पनि दोहोर्याउनुभएको छ । जवाफमा अर्थमन्त्री शर्माले एमसीसीको विषयमा राजनीतिक तवरमा छलफल भइरहेको बताउनुभएकाे उहाँको सचिवालयले जनाएको छ​ ।

सचिवालयका अनुसार अर्थमन्त्री शर्माले नेपालको हितमा हुनेगरी राष्ट्रिय सहमति बनाएर एमसीसी पारित गर्न सकिने पनि बताउनुभएको छ ।

अन्तिम अपडेट: कात्तिक १२, २०७८

1 Comments

  • Uddhab timalsina

    Sept. 11, 2021, 5:37 p.m.

    एम सि सि पास भयो भने देशको लागि खतरा छ भनेर सर्वसाधारण नागरिकले पनि बुझिसकेको बेलामा कुनै नेताले नागरिकको भोट अवमुल्यन गर्छ भने त्यो राम्रो र सह्य हुने छैन /

  •  0 Reply

तपाईको प्रतिक्रिया