अफगानिस्तानका सडकमा लागे तालिबान र हक्कानी समूहका नाइकेका तस्बिर

 भदौ २६, २०७८ शनिबार २०:५९:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अफगानिस्तानमा तालिबानको पुनः उदयसँगै त्यहाँका सडकमा तालिबान र हक्कानी समूहका नाइकेका तस्बिर टाँगिन थालेका छन् । 

बीबीसीका सम्वाददाता सिकन्दर किरबानीले सडकछेउका ठूला होडिङबोर्डमा लगाइएका तस्बिर ट्वीट गर्नुभएको छ । त्यसमा मुल्ला उमर तथा जलालुद्दीन हक्कानीको तस्बिर देखिन्छ ।

मुल्ला उमर तालिबानका संस्थापक र उनका छोरा मुल्ला याकुब अहिलेकाे तालिबान सरकारमा रक्षा मन्त्री भएको बीबीसीले जनाएको छ । यस्तै जलालुद्दीन हक्कानीले हक्कानी सञ्जालको निर्माण गरेका थिए । सन् २०१८ मा हक्कानीको निधन भएको थियो ।

जलालुद्दीन हक्कानीका छोरा सिराजुद्दीन हक्कानी वर्तमान तालिबान सरकारमा गृहमन्त्री बनेका छन् ।

सिराजुद्दीन अमेरिकी एजेन्सी एफबीआईको आतंकवादीको सूचीमा छन् । उनी हक्कानी नेटवर्कका प्रमुख पनि हुन् । हक्कानी समूहलाई पनि अमेरिकाले आतंकवादी समूहको सूचीमा राखेको छ ।

योभन्दा पहिले अफगानिस्तानबाट केही तस्बिर आएका थिए, जसमा महिलाका पोस्टर हटाउँदै गरेका, वा रङ्ग पोतेर मेटाउन खोजेका थिए ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया