नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – अर्थ सचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनलाई तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गर्नुभएको छ । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई आज आइतवार सम्बोधन गर्दै अर्थ सचिव मरासिनीले सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात् गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सरुवा वा बढुवाका लागि कुनै पनि दल, नेता वा सङ्गठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभयो । सरुवाका लागि फोन गराइ दबाब सिर्जना गर्ने कर्मचारीहरूको माग सुनुवाइ नहुने अर्थ सचिव मरासिनीले स्पष्ट पार्नुभयो । ‘त्यसरी फोनमा सोर्स फोर्स लगाउने कर्मचारीले आफ्नो इन्टिग्रेटीमा कम्प्रोमाइज गरिसकेको हुन्छ, इन्टिग्रेटी गुमाइसकेका कर्मचारीले कस्तो काम गर्छन्, त्यो आफैँ बुझ्नुहुन्छ’, उहाँले भन्नुभयाे ।
राजश्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमानदारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले सेवाग्राहीका गुनासालाई तत्काल सम्बोधन गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगहरूको संरक्षण र प्रोत्साहन गर्ने गरी नीति आएकोमा सरकारलाई धन्यवाद दिनुभयो । उहाँले करको दर हेरफेरमा निजी क्षेत्रको सुझाव समेटिएको भन्दै खुसी व्यक्त गर्नुभयो । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नक लागि कच्चा पदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनुपर्नेमा ढकालले जोड दिनुभयो ।
भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले लक्ष्यअनुसारको राजस्व सङ्कलन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सदाचारलाई शिरमा तथा देशकाे हितलाई छातीमा राखेर काम गर्न मातहतका कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Surya Kishor Lal
Sept. 15, 2021, 7:57 a.m.सर आफै अर्थ सचिव जस्तो गरिमामय पदमा आसिन हुनुहुन्छ हजूर बाट सोर्स फोर्सको सरूवा मा रोकलागे भने अर्थ अन्तर्गत का धेरै विभागमा सूधार हून्छ । हजूर भन्नु हून्छ सोर्सफोर्स को सरुवा बन्द गरौं हजूर ले यो कसलाई भन्न खोज्नुभएको हो बूझिएन ।