नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – आउँदो अक्टोबर महिनासम्म ७० हजार मेट्रिक टन रासायनिक मल नेपाल आइपुग्ने भएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले अक्टोबरसम्म ७० हजार मेट्रिक टन रासायनिक मल आइसक्ने जानकारी दिनुभयो ।
उहाँले रासायनिक मलको मूल्य धेरै बढिरहेकोले सरकारले निकासा गरेको बजेटअनुसार आवश्यक मल खरिद गर्न नसकिने बताउनुभयो । सचिव आचार्यले भारतसँग मल खरिदसम्बन्धी गरिएको सम्झौताअनुसार मल आयात भए सङ्कट कम हुने पनि बताउनुभयो ।
सचिव डा. आचार्यले भन्नुभयो, ‘कहिलेकाहीँ नाकाको समस्याले मल खरिद गर्न समस्या परिरहेकाे छ, हामीलाई प्राप्त पछिल्लो जानकारीअनुसार युरिया १० हजार मेट्रिक टन आउँदाे सेप्टेम्बर २० मा आउँदैछ भने सेप्टेम्बरको अन्तिमसम्ममा डीएपी पाँच हजार मेट्रिक टन उत्तरी नाकाबाट आउँदैछ, २० हजार मेट्रिक टन युरिया आउने क्रममा छ, त्यस्तै २५ हजार मेट्रिक टन अक्टोबर १५ मा आउनेछ, योसहित ७० हजार मेट्रिक टन मल अक्टोबरसम्म नेपालमा आउने अवस्थामा छ, पछिल्लो बजेटबाट तीन लाख मेट्रिक टन मल किन्ने भनिएको छ, अहिले मलको मूल्य अन्तर्राष्ट्रिय बजारमा पनि बढिरहेको छ ।’
समितिको बैठकमा सांसदहरूले खरिद प्रक्रियामा सहजीकरण गर्नुपर्ने र सार्वजनिक खरिद ऐनले यसमा अप्ठ्याराे पारिरहेको बताएका छन् । उनीहरूले रासायनिक मलको तत्कालीन समस्या कसरी हल गर्ने र यसबारेमा नीति, योजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने धारणा राखेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ज्ञान कुमार चाैधरी
Sept. 13, 2021, 6:43 p.m.लाखौं लाख मेट्रिक टन आवश्यक पर्ने खाद मल अन्य मुलुक बाट खरिद गरेर ल्याउनु भन्दा आफ्नै देशमा त्यसकाे उत्पादन गर्न सके जनताले पनि राेजगारी पाउने मलखादकाे पनि समस्या समाधान हुने थियाे यतातिर सरकारकाे ध्यान किन जादैन हाेला ?
manoj
Sept. 13, 2021, 10:02 p.m.नेपालमा रासायनिक मलको उद्द्योग खोल्न असम्भव छ । उत्पादन भन्दा लगानी बढि लाग्ने भएकोले यसतर्फ जोखिम कस्ले मोल्ने?