नर्वेमा अघिल्लो वर्ष नयाँ कार किन्नेमध्ये झन्डै ७५ प्रतिशतले विद्युतीय कार किने

 भदौ २८, २०७८ सोमबार १९:५:५० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – युराेपेली देश नर्वेमा अघिल्लो वर्ष नयाँ कार किन्नेमध्ये झन्डै ७५ प्रतिशतले विद्युतीय कार किनेका छन् ।

जलवायु परिवर्तनको असर र ऊर्जा सङ्कट कम गर्न विद्युतीय गाडीको प्रयोगलाई प्राथमिकता दिन आह्वान भइरहेका बेला सन् २०२० मा नर्वेका झन्डै ७५ प्रतिशत नयाँ ग्राहकले नवीकरणीय ऊर्जा प्रयोग हुने गाडी प्रयोग गरेका दिगो विकास बारेमा वकालत गरिरहेको वीफोरमले जनाएको छ ।

नर्वेले कर छुटसहित अरू प्रोत्साहनका कार्यक्रम ल्याउनुको साथै विद्युतीय गाडी चार्जका लागि संरचना विस्तार गरेको छ । यस्तै नर्वेले सस्तोमा विद्युत् उपलब्ध गराउँछ ।

सन् २०२० मा आइसल्यान्डमा ४५ प्रतिशत र स्विडेनमा ३२ प्रतिशत नयाँ ग्राहकले विद्युतीय गाडी किनेका छन् । यस्तै चीनमा ६ दशमलव दुई र अमेरिकामा दुई दशमलव तीन प्रतिशत नयाँ ग्राहकले विद्युतीय गाडी किनेका छन् ।

विश्वमा सन् २०१९ को तुलनामा सन् २०२० मा विद्युतीय गाडीको प्रयोग साढे दुई प्रतिशतले बढेको छ । अहिले विश्वमा प्रयोग भइरहेका गाडीमा चार दशमलव दुई प्रतिशत हिस्सा विद्युतीय गाडीको रहेको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया