नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा बढाएको छ । आज बैंक तथा वित्तीय संस्थाका नाममा एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले मोबाइल बैंकिङबाट एकै दिन दुई लाख रुपैयाँसम्म र इन्टरनेट बैंकिङबाट एकै दिन २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।
यस्तै विद्युतीय वालेटमार्फत भुक्तानी र कारोबार गर्नेहरूको हकमा पनि कारोबार सीमा बढेको छ । तर एउटै व्यक्तिका नाममा रहेका फरक बैंकका खाता र राजस्व, जरिबाना, कर लगायतका विविध शुल्क भुक्तानी गर्नका लागि भने अधिकतम सीमाले बाधा पुर्याउने छैन ।
अब बैंकबाट वालेटमा प्रति–कारोबार ५० हजार, प्रति–दिन एक लाख र प्रति–महिना १० लाख रुपैयाँसम्म कारोबार सकिनेछ । यस्तै एक वालेटबाट अर्को वालेटमा प्रति–कारोबार २५ हजार, प्रति–दिन एक लाख र प्रति–महिना पाँच लाख रुपैयाँसम्म पठाउन सकिनेछ । तर वालेटमा ५० हजार रुपैयाँभन्दा धेरै ओभरनाइट राख्न पाइने छैन ।
एटीएम र विद्युतीय भुक्तानीमा कति लाग्छ शुल्क ?
एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक न्यूनतम दुई वटा कारोबारसम्म निःशुल्क गर्ने व्यवस्था मिलाउनुपर्नेछ । दुई वटाभन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रति–कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन सक्नेछन् ।
यस्तै राष्ट्र बैंकबाट भुक्तानी सेवा सञ्चालन गर्न अनुमति पत्र प्राप्त संस्थाले डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायतका मर्चेन्टबाट पीओएस र पीओटी मेशिनमार्फत गरिएको कारोबारमा ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था मिलाउनुपर्नेछ ।
यस्तै वालेटको हकमा तीन हजार रुपैयाँसम्मको कारोबारमा प्रति–कारोबार पाँच रुपैयाँ, तीन हजार एक रुपैयाँदेखि १० हजार रुपैयाँसम्म १० र १० हजार एक रुपैयाँदेखि माथि २० रुपैयाँ शुल्क लिन पाइनेछ ।
यस्तै मोबाइल र इन्टरनेट बैंकिङ कारोबारमा ५० हजार रुपैयाँसम्म १० रुपैयाँ, ५० हजार एक रुपैयाँदेखि एक लाख रुपैयाँसम्मका लागि प्रति–कारोबार २० रुपैयाँ र एक लाखभन्दा माथिको कारोबारको हकमा सेवा प्रदायकले ३० रुपैयाँ सेवा शुल्क लिन पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।