हाइटीका प्रधानमन्त्रीलाई प्रतिबन्ध, राष्ट्रपतिको हत्यामा संलग्न भएको आशंका

 भदौ ३०, २०७८ बुधबार ९:३२:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – हाइटीका प्रधानमन्त्री एरियल हेनरीमाथि प्रतिबन्ध लागेको छ । राष्ट्रपति जोभेनल मोइसको हत्या अनुसन्धानमा तानिएपछि प्रधानमन्त्री हेनरीलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो ।

हत्या प्रकरणमा छानबिन गरिरहेका मुख्य अभियोजनकर्ताले प्रधानमन्त्री हेनरीमाथि पनि अभियोग दर्ता गराउन चाहेका छन् । राष्ट्रपति मोइसको हत्यामा शंकास्पद एक व्यक्तिले घटना भएको केही घण्टापछि प्रधानमन्त्री हेनरीलार्ई टेलिफोन गरेको प्रमाण भेटिएपछि उहाँ पनि शंकाको घेरामा तानिएका बीबीसीले जनाएको छ ।

गएको जुलाई सात तारिखमा राष्ट्रपति मोइसको आफ्नै निवासमा हत्या भएको थियो । हत्यामा संलग्न पेशेवर अपराधीहरु पक्राउ परे पनि मुख्य योजनाकार भेटिएका छैनन् । राष्ट्रपति मोइसको हत्या पछि हाइटीमा राजनीतिक संकट उत्पन्न भएको छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया