बेलायत, अमेरिका र अस्ट्रेलियाबीच परिस्कृत रक्षा प्रविधि आदानप्रदान गर्ने सम्झौता

 भदौ ३१, २०७८ बिहिबार ९:१५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायत, अमेरिका र अस्ट्रेलियाले परिस्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौताको घोषणा गरेका छन् ।

यो घोषणालाई विश्वमा चीनको बढ्दो प्रभावलाई रोक्ने अस्त्रका रुपमा विश्लेषण गरिएको छ । ओकस भनिने सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबरका पक्ष समेटिने बीबीसीले जनाएको छ ।

इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट ती तीन देश चिन्तित भएका छन् । चीनले यो सम्झौताको विरोध गरेको छ ।  चीनले बेलायत, अमेरिका र अस्ट्रेलियामा शीतयुद्धको मानसिकता रहेको आरोप लगाएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया