चीनमा ६ रेक्टर स्केलको भूकम्प : तीन जनाको ज्यान गयो, ६० जना घाइते

 भदौ ३१, २०७८ बिहीबार ११:५५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनको लुसियानमा भूकम्प जाँदा तीन जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन् ।

सिचुवान प्रान्तको लुझउ सहरमा ६ रेक्टर स्केलको भूकम्प गएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । ६० जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । घाइते सबैको उपचार भइरहेको छ ।

भूकम्पमा फसेकाहरुको उद्धारका लागि ३ हजार जना उद्धारकर्ता खटिएका छन्। भूकम्पपछि त्यहाँ आपत्कालीन उद्धार जारी छ। यस्तै, भूकम्पका कारण केही घर र भौतिक संरचनामा पनि नोक्सानी पुगेको छ भने लुझउ सहरमा रेल-वे सेवा समेत बन्द गरिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया