नेप्से ७६ अङ्कभन्दा धेरैले घट्यो, दुई सय २९ मध्ये सात कम्पनीको शेयर मात्रै हरियो

 भदौ ३१, २०७८ बिहिबार १५:१४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार तेस्रो दिन पनि शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से आज बिहीवार ७६ दशमलव ६५ अङ्कले घटेर दुई हजार आठ सय १२ दशमलव ३८ विन्दुमा झरेको छ ।

आज बैंक, होटल, व्यापार, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनसहित सबै समूहको शेयर घटेको छ । आज दुई सय २९ वटा कम्पनीको शेयर कारोबार भएकोमा दुई सय २२ वटा कम्पनीको शेयर घटेको छ ।

आज कर्णाली विकास बैंकको शेयर झन्डै साढे आठ अङ्कले ओरालो लागेको छ । श्री इन्भेस्टमेन्ट फाइनान्स र आईसीएफसी फाइनान्सको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार ओरालो लाग्दा पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज एक करोड ६४ लाख ६८ हजार कित्ता शेयर नौ अर्ब तीन करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्राेकाे ३८ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया