आईएमईले ल्यायाे 'डबलकाे डबलकाे डबल अफर'

 भदौ ३१, २०७८ बिहिबार २०:३९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमईले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । असोज १ गतेदेखि कात्तिक २६ सम्म कायम हुने गरी ५७ दिनका लागि आईएमईले यस्तो अफर सार्वजनिक गरेको हो । 

अफरअनुसार विदेशबाट पठाइएको रकम आईएमईका ३५ हजारभन्दा बढी एजेन्ट वा आईएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल (दुई गुणा) पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस्तै हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चार गुणा) र बम्परमा एक जनालाई पठाएको रकमको डबलको डबलको डबल (आठ गुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।  

साथै आईएमई पेमा रकम प्राप्त गर्दा दुई सय रुपैयाँ थप बोनसको व्यवस्था मिलाइएको छ । अफर अवधिमा भाग्यशाली विजेता छनोटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ । 

हेर्नुहोस् विज्ञप्ति–

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया