इटलीमा कर्मचारीहरुका लागि हरियो पास अनिवार्य गरिने

 असोज १, २०७८ शुक्रबार ९:४३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इटलीमा कर्मचारीहरुका लागि हरियो पास अनिवार्य गरिने भएको छ ।

कर्मचारीहरूले खोप लगाएको, कोरोना  परीक्षण गर्दा नतिजा नेगेटिभ आएको वा कोरोना भाइरसबाट सङ्क्रमित भएर निको भएको प्रमाण प्रमाणका लागि हरियो पास अनिवार्य गर्न लागिएको हो ।  युरोपमा इटलीले पहिलो पटक यस्तो व्यवस्था सार्वजनिक गर्न लागेको बीबीसीले जनाएको छ ।

हरियो पास नहुने कर्मचारी निलम्बनमा पर्न सक्ने जनाइएको छ । उनीहरूको पारिश्रमिक पाँच दिनसम्म रोक्न सकिने समेत खबरमा भनिएको छ । यो नियम अक्टोबर १५ तारिखदेखि कार्यान्वयनमा आउने छ ।

इटलीमा खोप लगाउनेहरूको सङ्ख्या बढाउनका लागि गर्न लागिएको खबरमा उल्लेख छ ।  अब विद्यालयका कर्मचारीहरूले पनि हरियो पास देखाउनुपर्ने छ । केही शिक्षकहरूलाई त्यस्तो गर्न नसकेका कारण कामबाट फर्कन भनिएको बताइएको छ ।

इटलीमा मध्य अक्टोबरदेखि झन्डै २ करोड ३० लाख मानिसहरूले त्यस्तो प्रमाणित गर्नुपर्नेछ । नियम अवज्ञा गर्नेहरूले १ हजार आठ सय अमेरिकी डलरसम्मको जरिबाना तिर्नुपर्ने व्यवस्था छ भने उनीहरूलाई निलम्बन समेत गर्न सकिने व्यवस्था छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया