दशैँमा आईएमई अफर : साप्ताहिक, मासिक र बम्पर उपहारका साथै आकर्षक बोनसको व्यवस्था

 असोज १, २०७८ शुक्रबार १०:३०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमईले पर्व लक्षित दशैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ ।

आजदेखि कार्तिक २६ सम्म कायम हुने गरी कुल ५७ दिनका लागि याे अफर सार्वजनिक गरिएकाे हाे। 

अफर अनुसार विदेशबाट पठाइएको रकम आईएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा 'आईएमई पे'मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल, हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) प्रदान गरिने याेजना छ।

यस्तै बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको आठ गुणासम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने याेजना रहेकाे छ । 'आईएमई पे'मा रकम प्राप्त गर्दा २ सय रुपैयाँ थप बोनसको व्यवस्था मिलाइएको छ । 

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आईएमईप्रति आम सेवाग्राहीहरूले देखाउँदै आएको भरोसालाई आउँदाे दिनमा अझै सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयाे। साथै समयसमयमा ल्याइने यस्ता अफरहरू कम्पनी र सेवाग्राहीबीचको सम्बन्धलाई अझै मजबुत बनाउन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

आईएमईका महाप्रबन्धकद्वय खिलेन्द्र पौडेल र रूद्रराज पौडेलले कम्पनीले समयसमयमा प्रस्तुत गर्ने अफरहरूलाई आम सेवाग्राहीहरूको पहुँचसम्म पुर्याउन व्यावसायिक साझेदारहरूको महत्त्वपूर्ण भूमिका हुने बताउनु भयाे । 

आईएमईका ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपा श्री निरौलाले आईएमईले व्यवसायका अतिरिक्त सामाजिक क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनु भयाे ।

अफर अवधिमा भाग्यशाली विजेता छनाेटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ । सेवा र सर्तअनुसार भाग्यशाली विजेताको छनाेट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ ।

आईएमईका संस्थापक, आईएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आईएमईका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर) तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने भएका छन्। 

सेवाग्राहीहरुले आईएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्ने कम्पनीले जनाएकाे छ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्नु हुने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिने भएकाे छ ।

योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुनेछ । कम्पनीले सञ्चालन गरेको आधिकारिक वेभ पेज, सामाजिक सञ्जाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालयमार्फत नतिजा सार्वजनिक गरिने भएकाे छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया