सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घट्यो

 असोज १, २०७८ शुक्रबार ११:५६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९० हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज १४ सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँमा झरेको हो । हिजो पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ ।

तोलामा ३० रुपैयाँले घटेर चाँदीकाे भाउ आज ११ सय ७० रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया