ट्रम्पका समर्थकले हुलदङ्गा मच्चाउने शङ्कामा अमेरिकी संसद बाहिरको सुरक्षा व्यवस्था कडा

 असोज २, २०७८ शनिबार १२:४७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अमेरिकी संसद क्यापिटल हिल बाहिर हुलदङ्गा मच्चिने शङ्का गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आज संसद भवन अगाडि गर्ने प्रदर्शनका क्रममा हिंसा भड्किने पूर्व सूचना पाएपछि सुरक्षा व्यवस्था कडा पारिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

आजको प्रदर्शनलाई नै मध्यनजर गर्दै संसद भवन क्यापिटल हिल बाहिर सुरक्षाका लागि अस्थायी संरचना निर्माण गरिएको छ । चुनावमा धाँधली भएको भन्दै गएको जनवरी ६ तारिखमा ट्रम्प समर्थकले अमेरिकी इतिहासमै पहिलो पटक संसद भवनभित्र पसेर हिंसात्मक गतिविधि गरेका थिए ।

हिंसा मच्चाउने ६ सय जनालाई पक्राउ गरेर कयौँ व्यक्तिलाई प्रहरीले जेल चलान गरेको छ । पक्राउ परेकाहरुलाई रिहाइको माग गर्दै आज ट्रम्प समर्थकले प्रदर्शन गर्न लागेका खबरमा उल्लेख छ । पहिलेकै अवस्था नदोहोरियोस् भनेर अस्थायी संरचना खडा गरिएको र नेशनल गार्डलाई पनि खटाइएको खबरमा उल्लेख छ ।

क्यापिटल पुलिसका प्रमुख टम म्याङ्गरले अभद्र र गैरकानुनी गतिविधि गर्ने छुट कसैलाई नभएको भन्दै संयमता अपनाउन आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया