मनसुन निस्क्रिय : मनसुनी अवधिको समय परिमार्जन

 असोज ३, २०७८ आइतबार ८:४०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मनसुन निस्क्रिय बन्दै गएको छ । मनसुनको न्यूनचापीय रेखा भारततर्फको मध्य भागमा रहेकाले तत्कालै मनसुनी प्रणाली बाहिरिने सम्भावना नभए पनि आउने तीन,चार दिनसम्म घाम लाग्ने र केही ठाउँमा मात्रै सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

भारतबाट मनसुनी चक्र बाहिरिए पछि मात्र नेपालबाट पनि मनसुन बाहिरिने भएकाले मनसुनी प्रणाली बाहिरिन अझै केही दिन लाग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा ठूलो वर्षा भए पनि धेरै ठाउँमा हल्कादेखि सामान्य खालको वर्षा हुनेछ ।

यस्तै, यसपालिदेखि मनसुनी अवधिको समय परिमार्जन गरिएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने समय तोकिएको थियो। तर, यसपालि यसलाई परिमार्जन गरेर जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने मिति तोकिएको छ ।

मनसुन तोकिएको मितिभन्दा एक/दुई दिन ढिलाचाँडो गरी भित्रन र बाहिरिन सक्ने पनि मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार हरेक १०/१० वर्षमा मनसुन भित्रने र बाहिरिने समय परिमार्जन गरिन्छ । 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया