चार जना अन्तरिक्ष पर्यटक आफ्नो यात्रा सकेर पृथ्वी फर्किए

 असोज ३, २०७८ आइतबार १३:२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चार जना अन्तरिक्ष पर्यटक आफ्नो अन्तरिक्ष यात्रा सकेर पृथ्वीमा फर्किएका छन् । उनीहरू चढेको स्पेस एक्स क्याप्सुल अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको बीबीसीले जनाएको छ । 

स्पेस एक्सको इनस्पिरेशन ४ मिसनअन्तर्गत पहिलो पटक साधारण नागरिकलाई अन्तरिक्षमा पठाइएको थियो । गएको बुधवार उनीहरु पृथ्वीबाट उडेका थिए ।  

अर्बपति व्यवसायी जेयर्ड आइज्याकम्यानको नेतृत्वमा फिजिसिएन असिस्टेन्ट हेइले आर्सिनेउक्स, डाटा इञ्जिनियर क्रिस सेम्ब्रोस्की र जियोलोजिस्ट सियान प्रोक्टर अन्तरिक्षमा गएका थिए । 

अन्तरिक्ष पर्यटन बजारका लागि यो यात्रा कोशेढुङ्गा हुने मानिएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया