राष्ट्र बैंकले आज ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

 असोज ४, २०७८ सोमबार १०:१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले आज ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । केन्द्रीय बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो । बैंकले पाँच अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि रहेको छ ।

बिल आउँदो पुस ६ गते परिपक्व हुनेछ । यस्तै चार अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । यो बिल आउँदाे चैत ८ गते परिपक्व हुनेछ । यस्तै दुई अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ ।

यो बिल अर्को वर्षको असोज ४ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले यसअघि भदौ २८ गते ट्रेजरी बिल बिक्री गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया