ओकास : त्रिदेशीय सम्झाैताका कारण उत्पन्न विवादबीच फ्रान्सले बेलायतसँगकाे रक्षावार्ता रद्द गर्‍याे

 असोज ४, २०७८ सोमबार १४:४२:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायत, अमेरिका र अस्ट्रेलियाबीच भएको नयाँ रक्षा सम्झौता ‘ओकस’ लाई लिएर भइरहेको विवादका बीच फ्रान्सकी रक्षा मन्त्री फ्लोरेन्स पार्लीले ब्रितानी समकक्षीसँग हुने एउटा वार्ता रद्द गर्नुभएको छ । 

अस्ट्रेलियाले परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने विषयमा फ्रान्ससँगको सम्झौताबाट पछ िहटेर ओकस भनिने नयाँ सम्झौतामा हस्ताक्षर गरेपछि फ्रान्स क्रुद्ध बनेको छ । 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ओकस सम्झौतालाई लिएर फ्रान्सले कुनै चिन्ता गर्नुपर्ने कारण नभएको बताउनुभएको छ । 

तर फ्रान्सको रक्षा मन्त्रालय फ्लोरेन्स पार्लीको बेलायतका रक्षा मन्त्री वेन वालेससँग यही हप्ता लन्डनमा तय गरिएको बैठक रद्द गरिएको छ । 

फ्रान्सका लागि बेलायतका पूर्वराजदूत लर्ड रिकेट्स पनि दुई दिनसम्म हुने यस बैठकमा सहभागी हुने बताइएको थियो । 

गएको हप्ता ओकास सम्झौताको घोषणा गरिएको थियो । यस सम्झौतालाई दक्षिण चीन समुद्रमा चीनको बढ्दो प्रभावलाई रोक्ने कोसिसका रूपमा लिइएको छ । 

त्यस सम्झौताले सन् २०१६ मा अस्ट्रेलियाले फ्रान्ससँग १२ वटा परम्परागत पनडुब्बी बनाउन गरेको ३७ अर्ब अमेरिकी डलर बराबरको सम्झौता अन्त्य गर्नेछ ।  

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया