नेप्से १ सय १४ अङ्कले घट्यो,  दुई सय २५ मध्ये नौ वटा कम्पनी मात्रै हरियो

 असोज ४, २०७८ सोमबार १५:१०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज साेमवार एक सय १४ अङ्कले घटेको छ । बिहान बजार खुल्नेबित्तिकै ओरालो लागेको नेप्से बेला–बेला उतारचढाव हुँदै एक सय १४ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ६ सय ९८ विन्दुमा झरेको हो ।

आज कारोबार भएका सबै समूहको शेयर घटेर राताम्मे भएको छ । आज दुई सय २५ वटा कम्पनीको शेयर कारोबार भएकोमा नौ वटा कम्पनीबाहेक सबै अर्थात् दुई सय १६ वटा कम्पनीको शेयर ओरालो लागेको छ ।

आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्र बजार राताम्मे हुँदा पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

नेप्से घटे पनि कारोबार रकम भने बिस्तारै बढ्न थालेको छ । आज एक करोड ७३ लाख कित्ता शेयर आठ अर्ब ४९ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ४० करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।  

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया