युरोपमा मादक पदार्थको कर दोब्बर बनाउन डब्ल्यूएचओको सुझाव

 असोज ५, २०७८ मंगलबार ७:२८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरोपमा मादक पदार्थको कर दोब्बर पार्न विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले सुझाव दिएको छ । कर दोब्बर पारेमा मादक पदार्थको सेवनमा कमी आउने र क्यान्सरलगायतका रोगबाट हुने मृत्युदर घटाउन सकिने डब्ल्यूएचओले जनाएको छ ।

मादक पदार्थको कर वृद्धिलाई क्यान्सरको रोकथाम गर्न उपयुक्त र प्रभावकारी कदम हुने अपेक्षा गरिएको छ । डब्ल्यूएचओको सिफारिस लागू भएमा मादक पदार्थको सेवनबाट हुने क्यान्सरसहित उच्च रक्तचाप, कोलेस्टेरोल, कलेजो, मुटु रोग लगायतमा कमी आउने विज्ञले बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार ४८ लाख क्यान्सरका रोगीहरू बर्सेनि युरोपमा मात्र भेटिने गरेका छन् । सुझाव कार्यान्वयन भएमा दश हजार सात सय क्यान्सरबाट हुने थप मृत्यु घटाउन सकिने प्रक्षेपण गरिएको छ ।

युरोपका २७ देशमा मादक पदार्थको कर न्यून रहेको छ ।
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया