सुडानमा 'सैन्य कू' गर्ने असफल प्रयास : सरकारी टेलिभिजन

 असोज ५, २०७८ मंगलबार १४:३४:० | एजेन्सी
unn.prixa.net

तस्बिर : अलजजिरा

काठमाण्डाै – सुडानमा 'सैन्य कू' मार्फत सत्ता कब्जा गर्ने एउटा असफल प्रयास भएको त्यहाँको सरकारी टेलिभिजनले भनेको छ । 

‘कू गर्ने एउटा असफल प्रयास गरिएको छ मानिसहरूले त्यसको प्रतिवाद गर्नुपर्छ’, सरकारी टेलिभिजनले भनेको छ तर कू गर्ने षड्यन्त्र कसले गरेका हुन् भन्नेबारेमा खुलाइएको छैन । 

राजधानी खार्तुम र ओमडर्मान आसपास क्षेत्रमा बाक्लो सैन्य गतिविधि देखिएको र नाइल नदीका पुलहरू बन्द गरिएको बीबीसीले जनाएको छ । 

समाचार एजेन्सी राेयटर्सका अनुसार सैन्य प्रवक्ता माेहम्मद अल फकी सुलेमानले घटनामा संदिग्धसँग छिट्टै साेधपुछ सुरु हुने बताउनुभएकाे छ । 

दुई वर्षअघि मात्रै देशका लामो समयदेखिका शासक ओमार अल-बशिरलाई अपदस्थ गरेर सत्ता साझेदारी सम्झौताअन्तर्गत सेना, गैरसैनिक प्रतिनिधि र विरोध प्रदर्शनकारी समूहहरू सम्मिलित अन्तरिम सरकार बनाइएकाे थियो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया