क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाे तेस्राे पटक पनि निर्वाचित

 असोज ५, २०७८ मंगलबार १६:१५:४२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो तेस्रो पटक निर्वाचित हुनुभएको छ । हिजाे सोमवार भएको संसदीय चुनावको मतगणना जारी रहेकै बेला उहाँको पार्टी लिबरल पार्टीले सरकार बनाउने म्यान्डेट पाएको हो । तर उहाँको पार्टी बहुमत ल्याउनबाट भने चुकेको छ ।

४९ वर्षीय ट्रुडो लगातार तेस्रो पटक प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको हो । क्यानडामा सन् २०१५ पछि तीन वटा संसदीय चुनाव भएका छन् । ६ वर्षको अवधिमा भएका तीन वटै चुनावमा प्रधानमन्त्री जस्टिन ट्रुडोले जित हासिल गर्नुभएको छ ।

प्रधानमन्त्री ट्रुडोले आफू निर्वाचित भएको जानकारी दिँदै निर्वाचन अधिकृतहरूको प्रशंसासहित उनीहरूलाई धन्यवाद दिनुभएको एएफपीले जनाएको छ ।

क्यानडामा अहिले तीन ३८ सिटका लागि चुनाव भएको हो । बहुमतका लागि कम्तीमा एक सय ७० ठाउँमा जित हासिल गर्नुपर्दछ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया