अमेरिका र चीनलाई वार्ताका लागि संयुक्त राष्ट्रसंघको आग्रह

 असोज ६, २०७८ बुधबार ७:६:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – संयुक्त राष्ट्रसंघ (यूएन)ले अमेरिका र चीनलाई वार्ताका लागि आग्रह गरेको छ । पछिल्लो समय दुई देशबीच विवाद बढ्दै गएका बेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र चीनलाई वार्तामा संलग्न हुन आग्रह गर्नुभएको हो । 

उहाँले तिक्तता र अन्य यस्तै गतिविधिले विश्व विभाजित हुँदै जान सक्नेतर्फ पनि सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । महासचिव गुटेरेसले अहिले देखिएको विवाद प्रारम्भिक विन्दु रहेको भन्दै शीतयुद्धको तुलनामा यसबारेमा धेरै कम पूर्वानुमान गर्न सकिने बताउनुभएको छ । गुटेरेसले संयुक्त राष्ट्रसंघ महासभामा आपसी विश्वासलाई पुनस्र्थापित गरी आशालाई प्रेरित गर्न एकआसपमा सहयोगको आवश्यकता रहेको समेत उल्लेख गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । 

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौतालाई लिएर विवाद बढेको छ । त्रिदेशीय सम्झौताले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने भन्दै चीनले कडा विरोध गर्दै आएको छ । त्यस्तै सम्झौतामा आपत्ति जनाउँदै फ्रान्सले अस्ट्रेलिया र अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाएको छ । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया