तालिबानद्वारा संयुक्त राष्ट्रसंघको महासभामा आफूहरूलाई बोल्न दिन आग्रह

 असोज ६, २०७८ बुधबार ८:५६:३३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानको तालिबान समूहले संयुक्त राष्ट्रसंघको महासभामा आफूहरुलाई बोल्न दिन आग्रह गरेको छ । न्युयोर्कमा चलिरहेको राष्ट्रसङ्घीय महासभामा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनका लागि तालिबानले आग्रह गरेको बीबीसीले जनाएको छ ।

तालिबान समूहका विदेशमन्त्री आमिर खान मुताकीले सोमबार अनुरोधसहितको पत्र संयुक्त राष्ट्रसंघमा पठाएको र यसबारेमा राष्ट्रसंघको एक समितिले टुङ्गो लगाउने खबरमा उल्लेख छ । समितिमा अमेरिका, चीन र रुससहितका नौ देशहरू छन् ।

कतारले विश्व नेताहरूलाई तालिबानलाई संलग्न गराउन भनेको छ । तालिबानले पछिल्लो सरकारका पालामा राष्ट्रसङ्घ पठाइएका राजदूतले यतिखेर आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ । साथै दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई राष्ट्रसङ्घका लागि आफ्ना राजदूत नियुक्त समेत गरेको छ । यतिखेर राष्ट्रसंघका लागि अफ्गान राजदूतमा गुलाम इसाकजाई कार्यरत छन् । महासभाको अन्तिम दिन अर्थात् सेप्टेम्बर २७ मा इसाकजाईले नै मन्तव्य दिने अनुमान छ ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया