विश्व स्वास्थ्य सङ्गठन भन्छ– ‘विश्वभर वायु प्रदूषणकाे अवस्था खतरनाक’, निर्देशिका संशाेधन

 असोज ७, २०७८ बिहिबार १४:१९:४५ | एजेन्सी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले १५ वर्षपछि वायु गुणस्तर निर्देशिका संशोधन गरेको छ । वायु प्रदूषणका कारण मुटु र फोक्सोका गम्भीर बिरामीको सङ्ख्या र मृत्यु दर कम गराउनका लागि संयुक्त राष्ट्र सङ्घमा आवद्ध एक सय ९४ देशका लागि निर्देशिका लागु हुनेछ ।

वायु प्रदूषणले गर्दा जलवायु परिवर्तनमा असर पुगेको र मानव जीवन तथा वातावरणकै लागि खतरा निम्त्याएको भन्दै डब्ल्यूएचओले यसबारे पहिलेको बुझाइलाई व्यापक परिवर्तन गनुपर्ने जनाएको छ । वायु प्रदूषणकै कारण हरेक वर्ष विश्वभर ७० लाख मानिसको ज्यान गइरहेको र नयाँ निर्देशिका कडाइका साथ पालना गरेमा ज्यान गुमाउनेको सङ्ख्यामा कमी ल्याउन सकिने डब्ल्यूएचओको भनाइ छ ।

डब्लुएचओले वायु प्रदूषणको चेतावनीको स्तरमा पनि परिवर्तन छ । नयाँ निर्देशिकाले पीएम २.५ (टू पोइन्ट फाइभ) भनिने सुक्ष्म कणकाे अधिकतम मात्रालाई घटाइएको छ । हावामा हुने पीएम २.५ (टू पोइन्ट फाइभ) को अधिकतम १० माइक्रोग्राम प्रति क्युविक मिटरबाट घटाएर पाँचमा झारिएको छ, यस्तै पीएम १० को मात्रालाई २० माइक्रोग्रामबाट घटाएर १५ मा झारिएको छ ।

यसअघि २.५ (टू पोइन्ट फाइभ) को पूर्ण पालना गरेको भए ८० प्रतिशत मृत्यु घटाउन सकिने पनि डब्ल्यूएचओले जनाएको छ । 

विश्व स्वास्थ्य सङ्गठनले वायुलाई दूषित हुनबाट बचाउन अपिल गर्दै मानिसहरूले पनि आफ्नाे जिम्मेवारी वहन गर्न आग्रह गरेकाे छ । 

युराेप, एसिया र उत्तरी अमेरिकी देश वायुकाे गुणस्तर सुधार्न प्रयासरत रहेकाे पनि डब्ल्यूएचओले जनाएकाे छ । विश्वकाे ९० प्रतिशत नागरिक २.५ (टू पाेइन्ट फाइभ) कणकाे बीचमा श्वास फेरिरहेका छन्, याे सन् २००६ मा तय गरिएकाे मनकभन्दा धेरै हाे । याे कण श्वासप्रश्वासकाे माध्यमबाट सिधै फाेक्साेमा पुग्छ । यही कारण मुटु राेग, मधुमेह र क्यान्सरजस्ता राेगकाे खतरा बढ्ने गर्दछ ।  

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया