एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री, ३३ लाख रुपैयाँभन्दा...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं –स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले फौजदारी संहिताका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै हडतालमा उत्रिएका चिकित्सकलाई विरोधका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गर्नुभएको छ ।
काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले आफ्नो असहमतिका कुरा वार्ताको टेबुलमा बसेर समाधान गर्न सकिने बताउँदै उपचारका लागि आएका बिरामीलाई अलपत्र नपार्न तथा नियमित सेवा प्रदान गर्न अनुरोध गर्नुभयो ।
स्वास्थ्यकर्मीको मागमा सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताउँदै राज्यमन्त्री यादवले जनस्वास्थ्य सेवा सम्बन्धमा बनेको विधेयक संसद्मा दर्ता भइसकेको र त्यसले स्वास्थ्यकर्मीको माग सम्बोधन हुने बताउनुभयो ।
सांसद कृष्णभक्त पोखरेलले कसैको ज्यान लिने वा अङ्गभङ्ग गर्ने नियतले काम गर्ने चिकित्सकलाई मात्र लक्षित गरी यो कानून आएको स्पष्ट गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।