साउनमा ४ दशमलव ३५ प्रतिशत मूल्य वृद्धि

 असोज ७, २०७८ बिहिबार १७:३७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा चार दशमलव ३५ प्रतिशत मूल्य वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गएको आर्थिक वर्षको पहिलो महिनामा तीन दशमलव ४० प्रतिशत मूल्य वृद्धि भएकोमा यो साउनमा चार दशमलव ३५ प्रतिशत मूल्य वृद्धि भएको छ । गैरखाद्य पदार्थमा पोहोरको तुलनामा दोब्बर मूल्य वृद्धि भएको छ ।

यस्तै साउनमा तलब तथा ज्यालादर सूचकाङ्क ५ दशमलव शून्य ५ प्रतिशतले बढेको छ । २०७७ सालकाे साउनको तुलनामा गएको साउनमा तलब सूचकाङ्क नौ दशमलव ४४ प्रतिशत र र ज्यालादर सूचकाङ्क ३ दशमलव ८० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया