राष्ट्रपतिद्वारा विनियाेजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटाे खुल्याे

 असोज ७, २०७८ बिहिबार १८:१५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्काे दुवै सनदबाट पारित भएकाे विनियाेजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रमाणीकरण गर्नुभएकाे छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सनदबाट पारित भएकाे विनियाेजन विधेयक २०७८ संविधानकाे धारा ११३ काे उपधारा २ अनुसार प्रमाणीकरण गर्नुभएकाे राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिनुभएकाे छ । 

विनियाेजन विधेयक २०७८ प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटाे खुलेकाे छ । 

यसअघि सरकारले ल्याएकाे बजेट पास नभएकाले गएको ३० गते रातिदेखि सरकार खर्च गर्न नपाउने अवस्थामा पुगेकाे थियाे। प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पक्षपातपूर्ण व्यवहार गरेर पार्टी फुटाउने षड्यन्त्र गरेको र एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभामा विरोध गरेपछि बजेट प्रभावित भएको थियाे । 

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट अस्वीकार गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया