दिल्लीकाे एक अदालतमा गाेली चल्याे, तीन जनाकाे ज्यान गयाे

 असोज ८, २०७८ शुक्रबार १६:१५:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – दिल्लीको एक अदालतमा गोली चल्दा तीन जनाको ज्यान गएको छ । दिल्लीको रोहिणी अदालत परिसरमा गोली चल्दा एक गुन्डा नाइके (ग्याङस्टार) र दुई आक्रमणकारीको ज्यान गएको बीबीसीले जनाएको छ । गोली चल्दा ज्यान गुमाउने गुन्डा नाइकेको नाम जितेन्द्र मान गोगी भएको जनाइएको छ ।   

आक्रमणकारीहरू वकिलको पहिरनमा आएका थिए । यस घटनामा एक महिला वकिलसहित तीन जना घाइते भएका बीबीसीमा उल्लेख छ । 

दिल्ली प्रहरीले यस घटनाको पुष्टि गरेको छ । 

‘ग्याङस्टार (जितेन्द्र) लाई सुनुवाइका लागि अदालतमा ल्याउने क्रममा दुई आक्रमणकारीले उसमाथि गोली चलाए । प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारीको ज्यान गएको छ’, दिल्ली प्रहरी कमिस्नरले समाचार एजेन्सी एएनआईसँग भनेका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया