‘स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढाइएकाे छैन, जस्ताकाे तस्तै कायम छ’

 असोज ८, २०७८ शुक्रबार १८:३६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढेकोबारे बाहिर आएका खबर तथा प्रचारमा अर्थ मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

वर्तमान सरकारले स्यानिटरी प्याड आयातमा आर्थिक वर्ष २०६९/०७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखेको मन्त्रालयले  स्पष्ट पारेको छ । महसुल बढाएको भन्ने प्रचार तथ्यहीन भएको पनि मन्त्रालयले जनाएको छ ।

स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल आधा घटाएर पाँच प्रतिशत कायम गरिएको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको अर्थ मन्त्रीको सचिवालयले निकालेको प्रेस नोटमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया