अफगानिस्तानमा ‘कठाेर सजायहरू फेरि सुरु हुने’ तालिबान अधिकारीकाे चेतावनी

 असोज ८, २०७८ शुक्रबार १९:५:८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि अब कट्टर इस्लामी कानुनहरू लागू गरिने तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले चेतावनी दिएका छन् ।

तालिबानका संस्थापकमध्ये एक र पूर्वकार्यकालमा इस्लामी कानुनलाई कठाेर व्याख्यासहित लागू गर्ने मुल्लाह नुरूद्दीन तुराबीले अफगानिस्तानमा फेरि मृत्युदण्ड दिने र अङ्ग काट्नेजस्ता सजाय सुरक्षाका लागि आवश्यक भएकाे बताएका छन् । 

तर त्यस्ता सजायहरूको कार्यान्वयन विगतमा जस्तो सार्वजनिक स्थलहरूमा नगरिने उनले बताएका छन् । सन् १९९० को दशकमा तालिबानले आफ्नो शासनकालमा त्यस्ता सजायहरू सार्वजनिक स्थलहरूमा दिने गरेकाे थियाे । 

गएकाे अगस्ट १५ मा अफगानिस्तानमाथि कब्जा लिएयता तालिबानले विगतको भन्दा नरम शासन गरिने बताउँदै आए पनि देशभरि मानव अधिकार उल्लङ्घन भएका भनिएका थुप्रै घटनाहरू बाहिर आइरहेका छन् ।  

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया