दशैँ नजिकिएसँगै म्याद सकिएका सामान बेच्ने क्रम बढ्यो

 असोज ९, २०७८ शनिबार ८:३६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - व्यापारीहरुले म्याद गुज्रिएका सामान बेच्ने र भाउ बढाउने गरेका पाइएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँतिहारलाई लक्षित गरेर गरेको अनुगमनमा धेरैजसो व्यापारीले म्याद गुज्रिएका सामान बेच्ने र उपभोक्तासँग बढी मूल्य लिने गरेको भेटिएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो ।

उहाँका अनुसार यी बाहेक दर्ता नगरि, पसल सञ्चालन गरेका, बिलबिजक नभएका र अरु विभिन्न खालका अनियमितता भएको पनि  भेटिएका छन् । जनैपूर्णिमादेखि नै चाडपर्व लक्षित बजार अनुगमन गर्दै आएको दाबी गर्दै आएको विभागले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएका १२ जना कर्मचारी थप गरेर अहिले दशैँतिहार लक्षित बजार अनुगमन गरिरहेको छ ।

असोज  सुरु भएपछि विभागले अहिलेसम्म ४ सय ५० वटा पसलमा अनुगमन गरिसकेको जनाएको छ । जसमध्ये धेरैजसो  व्यापारीले म्याद गुज्रिएका सामान बेच्ने र वस्तुको वास्तविक मूल्यभन्दा निक्कै धेरै लिने गरेको भेटिएको उहाँले बताउनुभयो ।

त्यस्ता व्यापारीलाई चेतावनी दिने गरेको र आउने दिनमा पनि त्यस्तो भेटिए कानुनी कारबाही गरिने उहाँको भनाइ छ । केही व्यापारी तथा फर्मलाई कानुनी कारबाही पनि गरिएको उहाँले बताउनुभयो ।

विभागले भदौ महिलामा २ सय ४० र साउनमा १ सय ८४ वटा पसलको अनुगमन गरेको थियो । विभागले अहिले विशेषगरी खाद्यान्न, लत्ताकपडा, मासुमा केन्द्रित भएर अनुगमन गरिरहेको जनाएको छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dev Bohara

    Sept. 25, 2021, 9:09 a.m.

    बजार अनुगमन दशै र तिहार मा मात्रै होईन बेला–बेलामा अनुगमन हुनु पर्छ, तव मात्र सबै सचेत हन्छन् । यसमा सरोकार वालको ध्यान जाओस् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया