राष्ट्रसङ्घको महासभामा भारत र पाकिस्तानद्वारा एक अर्कालाई गम्भीर आरोप

 असोज ९, २०७८ शनिबार १०:५९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भारत र पाकिस्तानले एक अर्कालाई गम्भीर आरोप लगाएका छन् ।

महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले जम्मू-कश्मीरमा मानव अधिकारको गम्भीर उल्लङ्घन गरिरहेको र नौ लाख जना सैनिक परिचालन गरेर नागरिकलाई यातना र त्रास फैलाएको आरोप लगाउनुभयो ।

पाकिस्तानी प्रधानमन्त्री खानले कश्मीरका नेताहरुलाई जेलमा राखेको र इन्टरनेट तथा सञ्चारमाध्यममा प्रतिबन्ध लगाएर भारतले चरम तानाशाही शासन गरिरहेको आरोप लगाएको बीबीसीले जनाएको छ ।

पाकिस्तानले भारतसँग शान्ति चाहे पनि भारतले जम्मु कश्मीरमा देखाइरहेको रबैयाले भारत र पाकिस्तान मात्रै नभइ पूरै दक्षिण एसिया शान्त हुन नसक्ने खानको भनाइ छ । पाकिस्तानी प्रधानमन्त्री खानको जवाफमा भारतले पाकिस्तानले अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठनलाई आश्रय दिएको आरोप लगाएको समाचार संस्था पीटीआईले जनाएको छ ।

भारतको अभिन्न क्षेत्र भएको दाबी गर्दै भारतले पाकिस्तानले जम्मूको बारेमा लगाएका आरोपमा कुनै सत्यता नरहेको बताएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया