राइड सेयरिङ प्लेटफर्म पठाओ चौथो वर्षमा प्रवेश

 असोज ९, २०७८ शनिबार १२:१९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - समय क्रमसँगै जीवनशैलीलाई अझ सहज र सुरक्षित बनाउन सफल राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यावसायिक यात्रा सुरु भएको ३ वर्ष पूरा भएको छ । 

२५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड सेयरिङमार्फत पठाओले सेवा सुरु गरेकाे थियो । नेपाल जस्तो विकासोन्मुख देशमा पठाओमार्फत माेटरसाइकल/स्कुटरमार्फत हजारौँलाई रोजगारीको अवसर सिर्जना गर्न सफल भएकोमा आफूहरु अझै उत्साहित भएको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताउनुभयो

९ अगस्ट २०१९ मा पठाओमा कार लाइट अर्थात ट्याक्सी सेवामा जोडिएको पठाओले ट्याक्सीको सेवालाई बार्गेनिङको झन्झट हटाउँदै गेटदेखि गेटसम्म पुगेको छ । अहिले काठमाण्डौमा पचास प्रतिशतभन्दा बढी ट्याक्सी चालक प्रविधिमैत्री हुँदै पठाओमा आबद्ध भएका बस्न्यातको भनाइ छ । 

राइड रेयरिङ सुरु गरेको दुई वर्षपछि २५ सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै पठाओ फुड सुरु गरेको थियो । राइडर र सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै पठाओले राइड सेयरिङमा नेपालमै पहिलो पटक एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा बीमाको सुरुवात समेत गरेको छ । 

हालै पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैँको अवसरमा राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी पठाओ दशैँ महोत्सव घोषणा गरेको छ । महोत्सवमा बम्पर उपहारमा राइडरले टीभीएस बाइक र सेवाग्राहीले आइफोन १२ प्रो जित्ने मौका रहेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया