सोमालियामा आत्मघाती कार बम विस्फोटमा परि ८ जनाको ज्यान गयो

 असोज ९, २०७८ शनिबार १७:४९:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : राेयटर्स

काठमाण्डौ – सोमालियमा आत्मघाती कार बम विस्फोट हुँदा ८ जनाको ज्यान गएको छ । 

शनिबार सोमालियाको राजधानी मोगाडिसुमा राष्ट्रपति भवनको नजिकै बम विस्फोट भएको त्यहाँका स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सीले रोयटर्सले जनाएको छ । अलकाइदा निकट अल सहाबले राष्ट्रपति भवनतिर जाँदै गरेको एक समूहमाथि लक्षित गरेर आक्रमण गराएको बताइएको छ ।  

सोमालियन प्रहरी प्रवक्ता अब्दिफता अदेनले यो नरसंहारको पछाडि अल सहाबको हात रहेको बताउनुभएको छ । उहाँका अनुसार आक्रमणमा दुई बच्चासहित एक आमाको पनि ज्यान गएको छ । अहिलेसम्म आठ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएका प्रहरीले जनाएको छ ।

रिउटर्सका अनुसार घटनास्थल रगताम्य भएको छ भने सात कार र तीन रिक्सा पनि पूर्णतया ध्वस्त भएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया