हुवावेकी उच्च अधिकारी चीन फर्किएसँगै दुईजना क्यानेडियन नागरिक पनि रिहा

 असोज ९, २०७८ शनिबार १८:४२:१३ | एजेन्सी
unn.prixa.net

माइकल कोभ्रिग (बायाँ) र माइकल स्पाभोर (दायाँ)

काठमाण्डाै – चीन सरकारले झण्डै तीन वर्षदेखि हिरासतमा राखेका दुई क्यानेडियन नागरिकलाई रिहा गरेको छ । चिनियाँ कम्पनी हुवावे टेक्नोलीजीका आर्थिक मामिला प्रमुख मेङ वाङझोउलाई क्यानडामा पक्राउ गरेलगत्तै चीनले क्यानडाका दुई नागरिकलाई बेइजिङमा पक्राउ गरेको थियो ।

हुवावेकी प्रमुख रिहा भएलगत्तै उनीहरु पनि रिहा भएका हुन् । सन् २०१८ को डिसेम्बरदेखि चीनको नियन्त्रणमा रहेका क्यानेडियन नागरिकद्वय माइकल कोभ्रिग र माइकल स्पाभोर आज क्यानडा पुग्ने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ती दुई नागरिकले चीनमा कठिन समयको सामना गर्नुपरेको तर उनीहरुले आफ्ना परिवारलाई भेट्न पाउनु आफूहरुका लागि खुसीको खबर भएको प्रधानमन्त्री ट्रुडोले बताउनुभएको छ ।

यसैबीच क्यानडामा पक्राउ पर्नुभएकी हुवावेकी उच्च अधिकारी मेङ वाङझोउ पनि चीन फर्कनुभएको छ । ठगीको आरोपमा पक्राउ पर्नुभएकी वाङझोउलाई क्यानडामै नजरबन्दमा राखिएको थियो । उहाँ अमेरिकाको अनुरोधमा क्यानडामा पक्राउ पर्नुभएको हो । अमेरिकाको विदेश मन्त्रालयले उहाँको सुपुर्दगीका लागि क्यानडालाई गरिएको अनुरोध फिर्ता लिए लगत्तै उहाँ हिजो रिहा हुनुभएको हो ।  
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया